दफा
क्षतिपूर्ति दिने

(१) दफा ३ बमोजिम राष्ट्रियकरण भएको खर्क जग्गाको दर्तावालालाई नियमद्वारा गठित समितिको सिफारिशमा नेपाल सरकारले क्षतिपूर्तिको न्यायोचित रकम निर्धारण गर्नेछ । त्यस्तो समितिमा सम्बन्धित ………… स्थानीय गाउँपालिका अध्यक्ष वा निजहरूको प्रतिनिधि पनि रहनेछन्।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम लिन आउनु भनी माल कार्यालयले सम्बन्धित दर्तावालाहरूको जानकारीको लागि सूचना टाँस गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना टाँस भएको मितिले एक वर्षभित्र दर्तावालाले क्षतिपूर्ति पाउनको लागि आफ्नो हक भोगको सबुद प्रमाण संलग्न गरी सम्बन्धित माल कार्यालयमा निवेदन दिनुपर्नेछ । तर कुनै व्यक्तिले सूचना टाँस भएको एक वर्षसम्म पनि निवेदन दिन नआएमा सो क्षतिपूर्ति पछि निजको कुनै दावी लाग्नेछैन ।
(४) उपदफा (३) बमोजिम पर्न आएको निवेदन माथि आवश्यक जाँचबुझ गरी माल कार्यालयले दर्तावालाहरूलाई तिरो दामासाहीले क्षतिपूर्ति दिनेछ । तर क्षतिपूर्ति पाउने हक वा क्षतिपूर्तिको अङ्कसम्बन्धी प्रश्न उठेमा अदालतबाट ठहर भएबमोजिम माल कार्यालयले क्षतिपूर्ति दिनु पर्नेछ ।